• २०८१ असार ४ मंगलबार

बंगलादेशको टी-२० विश्वकपमा विजयी शुरुवात, श्रीलंकाको दोस्रो हार

kharibot

काठमाडौँ । बंगलादेशले जारी टी-२० विश्वकपमा विजयी शुरुवात गरेको छ ।

शनिबार बिहान सम्पन्न खेलमा बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन बनाएको थियो ।

यो बंगलादेशको यस विश्वकपमा पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २ अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै