• २०८१ असार १२ बुधबार

विद्यार्थीले फलाएको धान दान

kharibot

भक्तपुर । स्कुले बालबालिकाहरुले कृषि कर्म बुझ्नका लागि रोपेको धानबाट उत्पादित चामल एक कार्यक्रमवीच मुनि विहार भक्तपुरलाई दान दिइएको छ । भक्तपुर नगरपालिका वडा नं ७ इनाचोस्थित मुनि विहारमा पुगेर विद्यार्थीले चार वोरा (एक क्विन्टल अर्थात् एक सय केजी) चामल मुनि विहारमा पुगेर दान गरेका हुन् । 

यसअघि ती विद्यार्थीले गतवर्ष धान रोप्नका लागि खेतमा विउ हालेका थिए । त्यसपछि उनीहरुले असार १५ मा धान रोपेका थिए । रोपेका धानलाई उनीहरुले नै गोडमेल गरेका थिए । त्यसपछि मंसिरमा विद्यार्थीकै सक्रियतामा धान काटिएको थियो । काटिएको धानबाट चिउरा कुटर उनीहरुले असार १५ मा दही चिउरा खाएका थिए । दही चिउरा खाएर बाँंकी रहेको धानलाई मिलबाट कुटेर ल्याई बाँंधी भएको चार वोरा चामल उनीहरुले मुनि विहारलाई दान दिएका थिए । 

जिल्लाको एभरेस्ट स्कुलमा हाल कक्षा ५ मा पढ्दै गरेका विद्यार्थीले दान दिएका हुन् । हाल ५ कक्षा पढिरहेका उनीहरुले धान काट्नेसम्मको काम चार कक्षामा हुँंदा गरेका थिए । उनीहरुले चामल दान बाहेकको सवै काम कक्षा ४ मै गरेका थिए । चामल दान मात्रै कक्षा ५ पुग्दा पुगेको हो । 

विद्यार्थीसँंगै दान गर्न मुनि विहार भक्तपुर पुगेकी स्कुलकी शिक्षिका मञ्जु खड्काले कक्षा ४ मा हुँंदा रोपको धान फलाएर आएको चामल हस्तान्तरण गर्न हाल कक्षा ५ का विद्यार्थी आएको सुनाइन् । हस्तान्तरण कार्यक्रममा सांकेतिक प्रतिनिधित्वका रुपमा क्लास क्याप्टेन र हाउस क्याप्टेनहरुलाई मात्रै ल्याइएको उनले सुनाइन् । कार्यक्रममा चार जना छात्रा र ६ जना छात्र गरी कुल १० जना विद्यार्थी, दुई शिक्षिका र दुईजना स्कुलका कर्मचारीहरु सहयोगका लागि मुनि विहार पुगेका थिए । वालबालिका र चामल स्कुल बसबाट त्यहाँं ल्याइएको थियो । सहभागी एकजना छात्रा निहासा प्रधानांगले स्कुलको गतिविधिबाट आफूहरुलाई जीवन बुझ्न सहज भएको भन्दै खुशी साटिन् । अर्का छात्र विमोचन वस्नेतले आफूहरुले धान रोपाई गरी फलाउँदाको अनुभब साटे ।  

स्कुलका प्रिन्सिपल भक्त राजभण्डारीले विद्यार्थीलाई कृषि कर्म सिकाउन प्रत्येक वर्ष कक्षा ४ का विद्यार्थीले स्कुल नजिकैको खेतमा धानको विउ राख्नेदेखि काटेर थन्काउनेसम्मको काम गराउने गरेको जानकारी गराए । उनीहरुबाटै उत्पादित धानको चामल दानको महत्व बुझाउन उनीहरुमार्फत् नै भिक्षुहरुलाई दान गर्ने गराएको उनले सुनाए । यो सवै कामलाई स्कुलले सहगोग गर्ने उनले बताए ।

चामल दान वुझ्दै मुनि विहार भक्तपुरका भिक्षु दीपक भन्तेले यो कार्यक्रमबाट विद्यार्थीले सत्चरित्र पाउने विश्वास व्यक्त गरे । त्यस अवसरमा विद्यार्थीलाई चोरी ठगी नगर्नू, प्राणी हिंसा नगर्नेलगायतका बुद्ध वचनलाई पाठ गर्न दिइएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै