• २०८१ असार ४ मंगलबार

गर्मीले दाङमा विद्यार्थी बेहोस

kharibot

दाङ । अत्यधिक गर्मीको कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन् । 

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीले बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए । 

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए । गर्मीका कारण दिनहुँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै