• २०८१ असार ४ मंगलबार

डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

kharibot

डोटी । डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दार्चुलाको लेकमबाट धनगढी गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जीप बुधबार बिहान ४ :३० बजे डोटीको जोरायल गाउँपालिका- १, खडिनामा दुर्घटना हुँदा दार्चुला, लेकम गाउँपालिकाका तीन वर्षीया रितिका पार्की र अन्दाजी  ४० वर्षीय धौलीदेवी धामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जीपमा चालकसहित ९ जना सवार रहेका थिए । दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै