• २०८१ असार ४ मंगलबार

नेप्सेमा सामान्य बृद्धि

kharibot

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेको छ । नेप्से परिसूचक ६.२२ अंकले बढेर २०८५.३० विन्दुमा रोकिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ०.५२ प्रतिशतले बढेर ३७२.०२ विन्दुमा कायम भएको छ ।

आज ३१५ कम्पनिको ८३ लाख ५ हजार ७८६ कित्ता सेयर ४ अर्ब ८ करोड ४७ लाख १५ हजार ८७७ रुपैयाँमा खरिदबिक्री भएका छन् । 

आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ भने कारोबार रकमका आधारमा  सीएचडीएच हाइड्रोपावर डेभलपमेन्ट  शीर्षस्थानमा रहेको छ । 

आज सबैभन्दा बढीबुद्ध भुमि नेपाल हाइड्रोको ५.५१ प्रतिशत मुल्य घटेको छ भने इस्टर्न हाइड्रोको ४.६८ प्रतिशतले घटेको छ ।त्यस्तै आज १० वटा उपसमूहको सूचक बढ्दा ३  वटा समूहको उपसूचक भने नकारात्मक देखिएका छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै