• २०८१ असार १२ बुधबार

१७ अङ्कले घट्यो नेप्से

kharibot

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.०४ अङ्कले घटेर २०९५.२५ को विन्दुमा कायम भएको छ ।

आज ३१७ कम्पनीको एक करोड ३२ लाख २३ हजार ८८४ कित्ता शेयर ७१ हजार ९९७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार ५५१ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

होटल तथा पर्यटन समूहको उपसूचक ०. ०४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह १. ७१ र अन्य विकास बैङ्क समूह १. २० प्रतिशतले घटेको छ ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ३० करोड ४० लाख ५३ हजार ४९२ बराबरको चार लाख ७९ हजार ९८७ कित्ता शेयर किनबेच भएको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै