• २०८१ मङ्सिर ८ शनिबार

चन्द्रपुर नगरपालिका तत्कालीन प्रमुखसँगै चार जना राजश्व हिनामिनामा दोषी ठहर

kharibot

काठमाडौँ । विशेष अदालत काठमाडौँले राजश्व हिनामिना गरेको अभियोगमा रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख रामचन्द्र चौधरीसहित चार जनालाई दोषी ठहर गरेको छ।  विशेष अदालतका टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले चार जनालाई नै दोषी ठहर गर्दै बिगो , बिगोको दोब्बर जरिबाना र ४ वर्ष कैद गर्ने फैसला सुनाएको हो । 

अख्तियारले उनीहरू विरुद्ध राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो  । चन्द्रपुर नगरपालिकाका तत्कालीन नगरप्रमुख चौधरीसहितका आरोपीहरूले आंशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा अनियमित ढङ्गले चाँदी नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरी राजस्व छली गरेको ठहर गर्दै  विशेष अदालत यस्तो सजाय सुनाएको हो । 

विशेषले रामचन्द्र चौधरीलाई ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ बिगो र त्यसको दोब्बर ७४ लाख ६९ हजार ३ सय ९६ को दामासाही बिगो बराबर जरिवाना  हुने ठहर गरेको छ। विशेषले उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार ४ वर्ष कैद हुने पनि भनेको छ। त्यस्तै रामविनोद राउत वरैलाई ४ वर्ष कैद र ३७ लाख ३४ हजार १ सय ९८ रुपैयाँ जरिवाना मात्र हुने फैसला सुनाएको छ। त्यस्तै अर्का प्रतिवादी कृष्णप्रसाद सिग्देललाई बिगो २८ लाख २२ हजार बिगो र ५६ लाख ४४ हजार ११ रुपैयाँ जरिवाना हुने र त्यसको दामासाही २८ लाख २२ हजार रुपैयाँ जरिवाना र ४ वर्ष कैद हुने फैसलामा उल्लेख छ।  

त्यस्तै अर्का प्रतिवादी राम विनोद राउतलाई ४ वर्ष कैद र २८ लाख २२ हजार बिगो र जरिवाना हुने फैसलामा उल्लेख छ।  चाँदी नदीको नदीजन्य पदार्थ विक्री सम्बन्धी सम्झौता गर्दा तोकिएको नगद तथा बैङ्क जमानत पेश नगरी मूल्य अभिवृद्धि कर (भ्याट) समेत दाखिला नगरी सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप पत्रमा भनिएको थियो । 

आरोपीहरूले मापदण्ड विपरीत अवैध रूपमा ३७ लाख ३४ हजार रकम बराबरको नदीजन्य पदार्थ उत्खनन गरी नगरपालिकालाई उक्त रकम बराबर राजस्वमा हानी पुर्याई ५५ लाख २ हजार बराबरको राजस्व चुहावट गरेको अख्तियारले दाबी गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै