• २०८१ बैशाख २२ शनिबार

पोखराको होटल व्यवसाय प्रवर्द्धनमा सरकार र निजी क्षेत्रका बीचमा थप सहकार्य आवश्यक छ : मुख्यमन्त्री अधिकारी

kharibot

गण्डकी।  गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मुलुकको पर्यटकीय राजधानी पोखरा घोषणालाई कार्यान्वयनमा ल्याउन सबै पक्षको साथ र सहयोग आवश्यक रहेको बताएका छन् । 

पोखरा महानगरपालिका–६ लेकसाइडमा नवनिर्मित ‘पोखरा भिजेल एण्ड स्पा’को आज शुभारम्भ गर्दै उनले भौतिक पूर्वाधार निर्माणसँगै गुणस्तरीय सेवामा जोड दिन होटल व्यवसायीलाई आग्रह गरे । 

मुख्यमन्त्री अधिकारीले पर्यटन  क्षेत्रको प्रवद्र्धनमा सरकार र निजी क्षेत्र बीचमा थप सहकार्य आवश्यक रहेको बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले समृद्धिको आधार पर्यटन व्यवसायमा  रु छ अर्बभन्दा बढी लगानी भएको जनाउँदै सरकारीस्तरबाट थप सहयोग आवश्यक छ भने । 

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सरकारी सेवा सुविधाबाट पर्यटन व्यवसायी वञ्चित रहेको उल्लेख गर्दै कर असुलीसँगै राज्यका तर्फबाट आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पछिल्लो समय पोखराको पर्यटन प्रवद्र्धनमा आकर्षण बढेको बताइन् ।

पोखरा भिलेजका सञ्चालक हरि शर्मा गैरेले ६५ वटा कोठासहित तीन वटा सभा कक्ष भएको सो भवन निर्माणमा रु २५ करोड लगानी भएको जानकारी दिइन् ।

होटलमा हाल ७४ जनाले रोजगार प्राप्त गरेको उनको भनाइ छ । कार्यक्रममा सञ्चालक बालकृष्ण गैरे, जनरल मेनेजर लक्ष्मण खड्कालगायतले होटलले प्रदान गर्ने सेवा सुविधाका बारेमा प्रकाश पारेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै