• २०८१ बैशाख २२ शनिबार

मर्मतपछि सञ्चालनमा आयो जुफाल विमानस्थल

kharibot

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।

मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । 

धानवमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै