• २०८१ बैशाख १८ मंगलबार

मलेसियामाथि हङकङको फराकिलो जित, सेमिफाइनलको निर्णय नेपालको खेलपछि

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ । 

समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजति गरेको हो ।  मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

यसअघि मलेसियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो । 

यो जितपछि हङकङ समुह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ । अब नेपाल र साउदी अरेबियाबीचको जारी खेलमा साउदी अरेबिया पराजित भएमा हङकङ समुह उपविजेता हुदै सेमिफाइनलमा जाने छ । साउदी अरेबियाले नेपाललाई पराजित गरेमा भने राम्रो रनरेटका आधारमा साउदी अरेबिया सेमिफाइनलमा पुग्ने छ । नेपाल भने यसअघि नै समुह विजेता हुदै सेमिफाइनलमा पुगिसकेको छ । 
              

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय