• २०८१ बैशाख २० बिहीबार

कतारविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत आज नेपालले कतारको सामना गर्दै छ ।

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै कतारले पहिला बलिङ गर्ने भएको छ ।

नेपालले एसीसी प्रिमियर कपमा पहिलो खेलमा मलेसियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ ।

यस खेलको नेपालको प्लेइङ ११- रोहित पौडेल(कप्तान), आसिफ सेख, दिपेन्द्र सिंह  ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरो, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै