• २०८१ बैशाख १८ मंगलबार

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको शानदार जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि शानदार जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा नै १-० ले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीको जितमा केभिन डी ब्रुनेले २ गोल गरेका थिए भने रिको लुइस र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यसैगरी क्रिस्टल प्यालेसका लागि जीन फिलिप माटेटा र ओडसोने एडोउआर्डले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगमा दोस्रो स्थानमा उक्लिएको छ । सिटीको ३१ खेलमा ७० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३० खेलमा ७० अंक नै छ र गोल अन्तरको आधारमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी क्रिस्टल प्यालेसको भने ३१ खेलमा ३० अंक रहेको छ र लिगमा १४औँ स्थानमा रहेको छ ।
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै