• २०८१ बैशाख २२ शनिबार

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

kharibot

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

गएराती सम्पन्न खेलमा अल हिलालले अल शबाबलाई ४-३ गोल अन्तरले पराजित गर्दै यस सिजनको लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।

अल हिलालको जितमा आलेकजान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिनकोभिक र सलेम अल्डावसरीले एक एक गोल गरेका थिए । त्यसैगरी अल शबाबका मुसाब फहज, हुसैन अल सिबियानी र रोमेन सैसले एक एक गोल गरेका थिए ।

यो जितपछि अल हिलाल यस सिजनमा अपराजित रहदै २५ खेलमा ७१ अंक हासिल गरेको छ । अल हिलालले २३ खेल जितेको छ भने २ खेलमा बराबरी गरेको छ । त्यसैगरी अल शबाबको भने २५ खेलमा २८ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै