• २०८१ बैशाख १५ शनिबार

क्यान र क्रिकेटरबीच सम्झौता

kharibot

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीसँग बार्षिक सम्झौता गरेको छ । क्यानले बुधबार केन्दीय सम्झौतामा रहेका खेलाडीसँगको समझदारी पत्रमा हस्ताक्षर गरेर सम्झौता पत्र दिएको हो ।

क्यानका  सचिव पारस खड्काले राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसहितका खेलाडीलाई सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।

क्यानले ‘ए’ श्रेणीका पुरुष खेलाडीको मासिक तलब ६० हजारबाट एक लाख रुपैयाँ पुर्याएको छ ।

क्यान बैठकले सन् २०२४ मा सम्झौतामा रहने ३० पुरुष र १९ महिला खेलाडीको वर्गीकरण सार्वजनिक गर्दै खेलाडीको सुविधा विस्तार गर्ने निर्णय गरेको थियो । नयाँ वर्गीकरण अनुसार रोहित पौडेल, सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल ए श्रेणीमा रहेका छन् ।

त्यसैगरी पुरुषतर्फको बी श्रेणीमा कुशल मल्ल, गुलसन झा, भीम सार्की, ललितनारायण राजवंशी, अरिफ शेख र अविनाश बोहरा छन् । विनोद भण्डारीसँगै, अर्जुन साउँद, सन्दिप जोरा र प्रतिश जिसी सी श्रेणीमा रहेका छन् । यो वर्षदेखि क्यानले डी र इमर्जिङ श्रेणी थपेको छ । थप गरिएको डी श्रेणीमा पवन सर्राफ, सागर ढकाल, अनिल शाह, विवेक कुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ रहेका छन् ।

दीपेश कँडेल, रुपेश सिहं, रिजन ढकाल, विपिन खत्री, देब खनाल, अर्जुन घर्ति र हेमन्त धामी इमर्जिङ श्रेणीमा रहेका छन् । सम्झौता अनुसार ए श्रेणीका खेलाडीले एक लाख, बी ले ७० हजार, सी ले ५५ हजार, डीले ३५ तथा इमर्जिङले २५ हजार मासिक तलब पाउने छन् ।

क्यानले यस अघि नारी दिवसको दिन महिला क्रिकेटरसँग सम्झौता गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै