• २०८१ बैशाख १५ शनिबार

हेल्प नेपालले जित्यो एनभिए भलिबल पुरुष च्याम्पियनसिप

kharibot

काठमाडौँ । हेल्प नेपाल स्पोर्ट्स क्लबले एनभिए भलिबल पुरुष च्याम्पियनसिप २०८० को उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको फाइनल खेलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । हेल्प नेपालको टिममा पाकिस्तानका खेलाडी समावेश रहेका थिए । 

यो जितसँगै हेल्प नेपालले पाँच लाख नगद पुरस्कार पाएको छ भने उपविजेता बनेको त्रिभुवन आर्मीले २ लाख नगद पुरस्कार पाएको छ ।  

त्यस्तै नेपाल पुलिस क्लब तेस्रो भएर एक लाख २५ हजार पाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय