• २०८१ बैशाख १६ आइतबार

बाबुराम पक्षको निर्णय- यादव समूहले माओवादीसँग गरेको एकतालाई मान्यता दिदैनौं

kharibot

काठमाडौं । नेपाल समाजवादी पार्टीको डा. बाबुराम भट्टराई पक्षले महिन्द्रराय यादव समूहले माओवादीसँग गरेको एकता पार्टीको नीति विपरीत भएकाले भन्दै मान्यता नदिने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको पार्टीको केन्द्रीय कार्यकार्यकारिणी बैठकले पार्टीको नीति विपरीत स्वार्थका आधारमा केही नेताहरूले माओवादीसँग पार्टी एकता गरेको भन्दै त्यसको कुनै मान्यता नहुने निर्णय गरेको हो । 

अनुशासनलाई तोडेर सत्ता समीकरणको खेलमा अमुक स्वार्थ पूरा गर्ने ध्येयका साथ पार्टीका केही नेताले गरेको क्रियाकलाप स्वीकार्य नहुने नेसपाले निर्णय गरेको छ । 

कार्यकारिणी समिति बैठकमा भट्टराई समुहले आफूहरूसँग बहुमत रहेको दाबी गरेको छ । नेसपाले सोमबार केन्द्रीय समिति बैठक समेत बोलाएको छ ।

पार्टीका अध्यक्ष समेत रहेका यादवसहित उपाध्यक्ष गंगा श्रेष्ठलगायतले शनिबार मोअवादी केन्द्रसँग एकताको सहमति गरेपछि नेसपामा अहिले स्पष्ट दुइ समुह देखिएको छ । आजको बैठक भने यादव समुहले बहिष्कार गरेको थियो ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै