• २०८१ बैशाख १५ शनिबार

एमाले गोर्खा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी

kharibot

गोरखा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् ।

गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए ।

थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिनु हुन्छ भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।

निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भएको उनले बताए । 

अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका हुन् । 

त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भएका छन् ।

एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनवाट निर्वाचित भएर आउने र  १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै