काठमाडौँ । चलचित्र काँडेतारले सिनेमा हलबाट प्रदर्शन रोक्ने घोषणा गरेको छ ।
फिल्मका निर्माता एवं निर्देशक नवल खड्काले दलमा आफ्नो फिल्मले पर्याप्त शो नपाएको भन्दै आइतबारदेखि काँडेतारको प्रदर्शन रोक्ने घोषणा गरेका हुन् ।
उनले आफ्नो फिल्मलाई केबल २३ शो दिइएको बताउदै आफ्नो फिल्मसँग रिलिज गरिएका फिल्मलाई ८०/९० वटा शोहरू प्राईमटाईममा दिईएको आरोप लगाएका छन् ।
काँडेतारलाई सेन्सर बोर्डले काँटछाँट गर्न लगाएको बताउदै त्यसपछि विभिन्न चरणमा यसका निर्माता र कलाकारहरुलाई प्रत्यक्षअप्रत्यक्ष धम्की आएको समेत बताएका छन् ।
अन्तिम चरणमा चलचित्रकका केहि हलमालिकहरु पनि काँडेतार चलचित्रमाथि अपरोक्ष बाधक बन्न पुगेको बताउदै आम प्रचलनलाई मिच्दै काँडेतार चलचित्रलाई पर्याप्त शो नदिएको बताएका छन् ।
उनले भनेका छन्- 'अत: यसरी देशभक्ति चलचित्र माथिको भद्दा मजाक हामीलाई सह्य छैन । यो देशभक्ति चलचित्रको अपमान मात्र होइन, यो सिङ्गो देश र देशभक्त नागरिकहरुको ठुलो अपमानको रूपमा हामिले लिएका छौँ । त्यसैले हिजो फाल्गुन २५ गतेबाट प्रदर्शनमा आएको देशभक्तिपूर्ण चलचित्र काँडेतार आजबाट निर्माण कम्पनी सामना फिल्मस् प्रा. लि. ले प्रदर्शन नगर्ने नगराउने निर्णय गरेको जानकारी गराउदछौँ ।'