काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
जोर्डनविरुद्धको फाइनलमा नेपालले खेलको २८औं मिनेटमा गोल गर्दै १-० गोलको अग्रता लिएको हो । नेपालका लागि सबिता राना मगरले गोल गरेकी हुन् ।
यस खेलमा पहिलो हाफमा नेपालले शानदार खेल देखाएको छ । फिफा वरियतामा ७४औ स्थानमा रहेको जोर्डनविरुद्ध पहिलो हाफमा नेपाल हावी भएर खेलेको छ ।
यस खेलमा नेपालकी प्रमुख स्ट्राइकर क्लबसंगको सम्झौताका कारण खेलेकी छैनन् ।