• २०८१ बैशाख १७ सोमबार

एसीसी पुरुष प्रिमियर कपमा नेपाल समुह ए मा, खेल तालिका सार्बजनिक

kharibot

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्बजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिदै छन् ।

जसमा समुह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समुह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।

एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आइसीसी टी-२० वरियताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।   

समुह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्ने छ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्ने छ । त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्ने छ ।

समुह चरणका खेलपछि दुवै समुहका शिर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुने छ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ ।

एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुने छ ।


 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै