• २०८१ बैशाख १५ शनिबार

नाभाल्नीकी पत्नीले पुटिन विरोधी आन्दोलनको नेतृत्व गर्ने संकेत

kharibot

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको फेब्रुअरी १६ मा जेलमै मृत्यु भएपछि अब उनकी पत्नीले राजनीतिमा आउने संकेत गरेकी छन् । नाभाल्नीको मृत्यु पुटिनकै कारण भएको दाबी गर्दै नाभाल्नीकी श्रीमती युलिया नवलनायाले राजनीतिमा आउने संकेत गरेकी हुन् ।

युलिया ले नाभाल्नीको युट्युब च्यानलमा एक भिडियो सार्बजनिक गर्दै नाभाल्नीको मृत्युको लागि पुटिनलाई जिम्मेवार ठहर गरेकी छन् । उनले भनेकी छन्– नाभाल्नीको हत्यासँगै पुटिनले मलाई पनि आधा ध्वस्त पारेका छन् । पुटिनले मेरो आधा मुटु र आधा आत्मालाई नष्ट गरिदिएको छ, तर मेरो आधा बाँकी छ र भन्छन् कि हामीले हार मान्नु हुँदैन ।'

युलियाले पुटिनविरुद्ध राजनीतिक शक्ति निर्माण गर्ने र आफ्ना समर्थकहरूसँग पुटिनविरुद्ध र्‍यालीको आह्वान गर्ने बताइन् । युलियाले भनिन्– 'श्रीमानको कामलाई अगाडि बढाउनेछु । नाभाल्नीले जस्तै म पुटिनविरुद्ध पनि आवाज उठाउनेछु ।'

उनले नाभाल्नीको कामलाई अगाडि बढाउने प्रतिज्ञा गर्दै देशको लागि लड्न तयार रहेको बताएकी छन् । उनले भनेकी छन्- 'यो लडाईमा तपाईहरु सबैले मलाई साथ दिनुहोस् भन्ने म चाहन्छु । म चाहन्छु कि तपाईं सबैले हाम्रो भविष्य नष्ट गर्न खोज्ने व्यक्तिको विरुद्ध आवाज उठाउनुहोस् । मलाई थाहा छ हामी के गर्न लागेका छौं असम्भव देखिन्छ, तर हामीसँग अर्को विकल्प छैन। हामीले यो प्रयास गर्नुपर्छ। म चाहन्छु कि हाम्रा दुवै बच्चाहरु स्वतन्त्र रूसमा बसोस्, जुन स्वतन्त्रताको लागि नाभाल्नीले आफ्नो जीवन दिनुभयो । उनीहरुको बलिदान खेर जानु हुँदैन ।'

नभाल्नीले चाहेको भए पुटिनविरुद्ध आवाज उठाउनुको सट्टा रुसबाहिर नयाँ जीवन अपनाउन सक्थे भन्दै युलियाले उनले रूसलाई सबैभन्दा धेरै माया गर्ने गरेको बताएकी छन् ।

२०२१ देखि रुसमा हिरासतमा रहेका नाभाल्नी आर्कटिकको सबैभन्दा चिसो जेलमा कैद थिए, जहाँको तापक्रम माइनस २८ डिग्रीसम्म झर्ने गर्दछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै