• २०८१ बैशाख २८ शुक्रबार

रूसका विपक्षी नेता नाभाल्नीको जेलमा मृत्यु

kharibot

काठमाडौँ । रूसका विपक्षी नेता एलेक्सी नाभाल्नीको जेलमा मृत्यु भएको छ ।

पुटिनका सबैभन्दा देखिने र निरन्तर आलोचक मध्ये एक, ४७ वर्षीय नाभाल्नीलाई आर्कटिक सर्कलबाट करिब ४० माईल उत्तरमा रहेको जेलमा राखिएको थियो ।  जहाँ उनले १९ वर्षको सजाय काटिरहेका थिए ।

जिल्ला जेल सेवाले नाभाल्नीको मृत्यु भएको जानकारी दिएको मस्को टाइम्सले उल्लेख गरेको छ । जेल सेवाले भनेको छ- ' नाभाल्नी हिडिरहेको बेला लडेपछि बेहोस भएका थिए, मेडिकल स्टाफ तुरुन्तै पुगेका थिए ।  तर सबै प्रयास उनलाई बचाउन पर्याप्त भएनन् ।'   

डिसेम्बरको सुरुमा उनलाई सो जेलमा लागिएको थियो । पूर्व राष्ट्रवादी राजनीतिज्ञ, नाभाल्नीले चुनावी जालसाजी र सरकारी भ्रष्टाचारको बिरूद्ध अभियान चलाएर चर्चामा आएका थिए । उनले चलाएका पुटिन विरोधि अभियानले सामाजिक संजालमा करोडौंको भ्युज पाउने देखि आम समर्थन पनि पाउदै गएको थियो ।

उनले राजनीतिक करियरमा २०१३ मा उच्च सफलता पाएका थिए । उनले २०१३ मा मस्को मेयरल प्रतिस्पर्धामा २७ प्रतिशत मत पाएर जितेका थिए ।

सन् २०२० मा नाभाल्नी रूसको सुरक्षा सेवाद्वारा शंकास्पद विषाक्त प्रयोग गरि बेहोस भएपछि कोमामा परेका थिए, पछि उनलाई उपचारको लागि जर्मनी लगिएको थियो । उनी निको भए र जनवरी २०२१ मा रूस फर्किए, जहाँ उनलाई प्यारोल उल्लङ्घनको आरोपमा गिरफ्तार गरियो र उनको पहिलो जेल सजायको सजाय सुनाइयो जुन ३० वर्षभन्दा बढीको थियो ।

पुटिनले भर्खरै पाँचौं कार्यकालका लागि राष्ट्रपतिको अभियान सुरु गरेकै बेला उनका कट्टर राजनीतिक विरोधी मानिएका नाभाल्नीको मृत्यु भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै