• २०८१ बैशाख २१ शुक्रबार

आसीसीद्वारा नेपाललाई एकदिवसीय क्रिकेटको वरियताको सुचीमा समावेश 

kharibot

काठमाडौँ ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आइसीसी) ले नेपालसहित नेदरल्यान्डस, स्कटल्याण्ड र संयुक्त अरब इमिरेट्स (युएइ) लाई आजदेखि आफ्नो वरियतामा समावेश गरेको छ ।

आइसीसीले जारी गरेको विज्ञप्तिमा नेपाल र नेदरल्याण्डले कम्तिमा चार एकदिवसीय खेल खेलेपछि पाउने अंकको आधारमा वरियता तोकिने उल्लेख गरिएको छ ।

नेदरल्याण्डसले गत बर्ष आइसीसी विश्व क्रिकेट लिग जितेर एकदिवसीय मान्यता पाउने १३औ देश बनेको थियो भने स्कटल्याण्ड, नेपाल र युएईले गत मार्चमा आइसीसी विश्वकप क्वालिफायरबाट एकदिवसीय मान्यता पाएका थिए ।

आइसीसीले तोकेको नयाँ वरियतामा इङल्याण्ड एक नम्बरमा छ भने नेपालसँगै एकदिवसीय मान्यता पाएको स्कटल्याण्ड २८ अंकसहित १३औ स्थानमा छ भने युएई १८ अंक सहित १४औ स्थानमा रहेको छ । त्यस्तै नेदरल्यान्डसको १३ अंक रहेको छ भने नेपालको शुन्य अंक रहेको छ ।

नेपाल र नेदरल्याण्डसले अब कम्तिमा ४ खेल खेलेपछि आइसीसीको वरियतामा आउने आइसीसीले जनाएको छ ।

आइसीसीको नयाँ वरियतामा इङल्याण्ड पहिलो नम्बरमा छ भने भारत दोस्रो, दक्षिण अफ्रीका तेस्रो, न्युजिल्याण्ड चौथो, अस्ट्रेलिया पाचौ, पाकिस्तान छैठौ, बंगलादेश सातौ, श्रीलंका अठौ, वेस्टइण्डिज नवौ, अफगानिस्तान दशौ, जिम्बाबे एघारौ, आयरल्याण्ड १२औ स्थानमा रहेका छन् ।   

  
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै