काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई दुर्व्यबहार गरिएको छ ।
सोमबार बिहान महानिर्देशक रिजालमाथि दुर्व्यवहार भएको हो । महानिर्देशक रिजाललाई मोहन वैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालका युवाहरुले कालोमोसो दलेका हुन् ।
महानिर्देशक रिजालले नक्कली लाइसेन्स छानबिन प्रतिवेदन सार्वजनिक नगरेको, विभागको कम्प्युटर सिस्टममा प्रत्यक्ष संलग्न रहेको, नक्कली लाइसेन्स बाँड्ने प्रक्रियामा संलग्न रहेको आरोप लगाउदै कालोमोसो दलेको क्रान्तिकारी युवा संगठन नेपालले उल्लेख गरेको छ ।
उनीहरुले नक्कली लाइसेन्स वितरण गर्ने कर्मचारीलाई कानुनी दायरामा ल्याउन नसकेको तथा सवारी तथा यातायात व्यवस्ता ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिका बाट ईडिएल प्रणालीमा चलखेल गरेकोभन्दै मोसो दलिएको बताएका छन् ।