• २०८१ बैशाख १५ शनिबार

एनसेल सेयर प्रकरण छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई लेखा समितिको निर्देशन

kharibot

काठमाडौं । संसदको लेखा समिति एनसेलको सेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सरकारलाई एनसेलको सेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई उपलब्ध गराउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले लुम्बीनी विकास कोषले आजसम्म रामग्राम क्षेत्रमा गरिएको सम्झौता लगायत सबै कार्यहरु आजका मितिदेखि खारेज गर्ने नेपाल सरकारलाई निर्देशन पनि दिए । उनले सम्झौतामा संलग्नमाथि अनुसन्धान गर्न प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिए ।

समितिले युनेस्कोको मापदण्ड कानुनी प्रक्रियाअनुसार मात्रै कार्य प्रारम्भ गर्ने र मापदण्डविपरीत भएका क्षेत्रहरुको थप अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै