• २०८१ बैशाख २९ शनिबार

विश्वकप विजेताले कति पाउछन् पुरस्कार रकम ?

kharibot

काठमाडौँ । फुटवलको अन्तर्राष्ट्रिय महासंघ (फिफा) ले सन् २०२२ का लागि विश्वकपको कुल पुरस्कार राशी मा सन् २०१८ को भन्दा ४० मिलियन डलर बढाएर ४४० मिलियन डलर बनाएको छ । अर्थत फिफाले विश्वकप खेल्ने ३२ देशलाई कुल ४४० मिलियन डलर पुरस्कारको रुपमा वितरण गर्ने भएको छ ।

यसअघि २०१८ को विश्वकपमा फिफाले ४०० मिलियन डलर पुरस्कारको रुपमा वितरण गरेको थियो ।

यस विश्वकपमा भाग लिएर समुह चरणबाट बाहिरिने टिमले कम्तिमा ९ मिलियन डलर पाउने छन् । त्यस्तै राउण्ड १६ मा पुगेर बाहिरिने हरेक टिम १३ मिलियन डलर पाउने छन् ।

त्यस्तै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेर बाहिरिने हरेक टिमले १७ मिलियन डलर पाउने छ । त्यस्तै चौथो स्थान हासिल गर्ने टिमले २५ मिलियन डलर पाउने छ भने तेस्रो स्थान हासिल गर्ने देशले २७ मिलियन डलर पुरस्कार पाउने छ ।

त्यस्तै उपविजेता हुने देशले पुरस्कार स्वरूप ३० मिलियन पाउने छ । त्यस्तै विश्व विजेता हुने देशले पुरस्कार वापत ४२ मिलियन डलर नगद पुरस्कार पाउने फिफाले जनाएको छ ।

फिफाले विश्व विजेता देशले पाउने पुरस्कारमा यस बर्ष ४ मिलियन बढाएको छ । यस अघि २०१८ मा फ्रान्स विजेता हुदा ३८ मिलियन डलर पाएको थियो । त्यस्तै २०१४ मा जर्मनी विजेता हुदा ३५ मिलियन डलर पाएको थियो भने २०१० मा स्पेन च्याम्पियन हुदा ३० मिलियन डलर पाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै