• २०८१ बैशाख २४ सोमबार

राईफल र मृगको मासुसहित एकजना पक्राउ

kharibot

सप्तरी। हनुमाननगर कंकालनी नगरपालिका-२ वैष्णोदेवी मन्दिर नजिकबाट मेगनम (राईफल) १ थान, त्यसको गोली ४१ थान, म्यागजिन २ थान, गन स्टेन १ थान,  क्यामेरा १ थान,  पावर बैंक १ थान, मोवाइल १ थान, लाईट १ थान,  मृगको जस्तो देखिने मासु करिब ३५ किलो र दूरविन १ थानसहित राजबिराज गउपालिका-५ बस्ने ४६ वर्षीय शैलेस कुमार झालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई हातहतियारसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै