• २०८१ बैशाख २१ शुक्रबार

आचार्य श्रीनिवास जेल चलान

kharibot

मोरङ । आफैलाई गोली हान्न लगाउने हिन्दु धर्मका धर्मगुरु आचार्य श्रीनिवास पूर्पक्षको लागि जेल चलान भएका छन् ।

मोरङ जिल्ला प्रशासन कार्यालयमा  भएको बयानपछि उनलाई पूर्पक्षको लागि जेल चलान गरिएको हो । मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको आदेश अनुसार श्रीनिवासलाई सुनसरीको झुम्का कारागारमा थुनामा राख्न पठाइएको छ ।

उनलाई हात हतियार खर खजाना २०१९ को दफा २४ को (क) बमोजिम जेल हाल्न प्रमुख जिल्ला अधिकारी आचार्यले आदेश दिएका हुन् । 

उनीसहित उनका दुई सहयोगी माधव चौधरी र लक्ष्मीराज अधिकारी समेत जेल चलन भएका छन् ।

उनले गत चैत २५ गते राति बिराटनगरको जतुवामा रहेको रामजानकी मन्दीरमा पुराण भन्न गएको बेला आफैलाई गोलीहान्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै