• २०८१ बैशाख २५ मंगलबार

दीया, प्रदीप र किशोर बने निफको जुरी

kharibot

काठमाडौँ । ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को जुरी कमिटीमा अभिनेत्री दीया मास्के, अभिनेता प्रदीप खड्का र साउन्ड डिजाइनर किशोर आचार्य मनोनित भएका छन् ।

प्रदीप फिचर फिल्मतर्फ, दीया सर्ट/डकुमेन्ट्री फिल्म र डकुमेन्ट्रीतर्फ र किशोर डनकिहोटे अवार्डको निर्णायकमा रहने जनाइएको छ । खड्का र मास्केले निफको छैटौं संस्करणमा ‘प्रकाश’बाट अवार्ड समेत जितेका थिए ।

आगामी चैत १ देखि ५ सम्म काठमाडौँमा हुने लागेको निफमा तीन विधामा तीन सदस्यीय जुरी रहने प्रावधानअनुरुप नेपालतर्फका जुरी सदस्यको नाम टुंगो लागेको हो । निफका अध्यक्ष केपी पाठकले अघिल्लो सालका विजेताहरु महोत्सवका ब्रान्ड एम्बेस्डर पनि भएकाले निर्णायकको भूमिका निर्वाह गर्न आग्रह गर्दा सहर्ष स्वीकार गरेपछि नेपालतर्फका तीन निर्णायकको टुंगो लागेको बताए ।

यस वर्षको संस्करणमा ४० देशका ८८ वटा फिचर, छोटा तथा वृत्तचित्र प्रदर्शन हुनेछन् । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव अवधिभर फिल्म निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तरक्रिया गरिनेछ । महोत्सवमा छानिएका फिल्महरु क्यूएफएक्स चेनका शाखाहरु सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै