• २०८१ जेठ ६ आइतबार

बीवाइडीको नयाँ शोरुम ललितपुरमा

kharibot

काठमाडौं । बीवाइडीले ललितपुरको पुलचोकमा शोरूम सञ्‍चालनमा ल्याएको छ । उक्त शोरुमको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उद्घाटन गरेका हुन् ।

बीवाइडीको ललितपुरका लागि आधिकारिक वितरकको रुपमा इको ड्राइभ अटोमोबाइल रहेको छ । त्यस्तै नेपालमा ७ वर्षदेखि बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक रहेको छ । 

कार्यक्रममा ईको ड्राइभका अध्यक्ष प्रकाश तुलाधरले बीवाइडीले यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रबर्धन गर्न एक हबको रुपमा काम गर्ने विश्वास व्यक्त गर्ने बताए ।

यो नयाँ शोरुमसहित बीवाइडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चर्जिङ प्वाइन्ट पुगेका छन् ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै