• २०८१ जेठ १ मंगलबार

लगानी कोषमा कार्की र गंगालालमा मल्ल नियुक्त

kharibot

काठमाडौं । सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी कोषसहित विभिन्न निकायमा नियुक्त गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

उनका अनुसार सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरको महाप्रवन्धकमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यस्तै शहीद गंगलाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा रवि मल्ललाई नियुक्त गरिएको छ भने नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरिएको प्रवक्ता शर्माले जानकारी दिएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै