• २०८१ बैशाख २१ शुक्रबार

प्रा.डा. कार्कीलाई तत्काल हाजिर गराउन माग गर्दै मेयर साम्पाङले मन्त्रालयलाई लेखे पत्र

kharibot

धरान । धरान उपमहानगरका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधानको माग गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेका छन् ।

मंगलबार मेयर साम्पाङले बीपी प्रतिष्ठानमा देखिएको समस्या तत्काल समाधानको माग गर्दै स्वास्थ मन्त्रालयलाई पत्र लेखेका हुन् ।

उनले प्रतिष्ठानका कायममुकायम उपकूलपति प्रा.डा. प्रह्लाद कार्की कार्यालयमा हाजिर गराई प्रतिष्ठानमा देखिएको समस्याको निकासा दिन अनुराध गरेका छन् ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन् । उनीहरुको आन्दोलनका कारण सेवा प्रभावित भएको छ ।

साम्पाङले सोमबार  कायममुकायम उपकूलपति प्रा.डा. कार्कीको कार्यकक्षमा ताला लगाएका थिए । उनले कार्यालयमा हाजिर नभएर बाहिरबाट काम गरेको र प्रतिष्ठानका समस्या समाधान नगरेको आरोप लगाउदै तालाबन्दी गरेका थिए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै