• २०८१ बैशाख १५ शनिबार

इनारमा खसेकी इमाडोलकी महिलाको सकुशल उद्धार

kharibot

काठमाडौँ । ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ ।

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान आज बिहान ९:५० बजे इनारमा खसेकी थिइन् ।

उनी इनारमा खसेको खबर प्राप्त भए पश्चात् परिचालित नेपाली सेनाको उद्धार टोली, प्रहरी तथा स्थानीय लगायतको सहयोगमा उनको सकुशल गरिएको हो ।

बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी प्रधान इनारलाई छोपेको स्लाब फुटेपछि इनारभित्र खसेको ललितपुर प्रहरीले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै