• २०८१ बैशाख १७ सोमबार

राष्ट्रपतिद्वारा बालकृष्ण ढुंगेलसहित ८१६ को कैद मिनाह 

kharibot

काठमाडौं । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ८१६ कैदीको बाँकी कैद मिनाहा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले सोमवार राती जारी गरेको विज्ञप्तीमा मिति २०७५ साल जेठ १४ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट मन्त्रिपरिषद्को सिफारिसमा एघारौं गणतन्त्र दिवस, २०७५ को उपलक्ष्यमा असल चालचलन भई कैदको सजाय छोट्याउन योग्य र उपयुक्त देखिएका तेम्बा शेर्पासमेत ८१६ (आठ सय सोह्र) जना कैदीहरुको भुक्तान हुन बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी भएको उल्लेख गरिएको छ ।

यो विज्ञप्तिमा तत्कालिन माओवादीका नेता बालकृष्ण ढुंगेलको नाम नपरेपनि उनको नाम कैद माफी हुने सूचीमा रहेको स्रोतले जानकारी दिएको छ ।  

द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या गरेको भन्दै ढुंगेललाई सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसला अनुसार साढे सात वर्ष जेल सजाय भोगेपछि उनी पुनरावेदन अदालतले सफाई दिएर छुटेका थिए र चुनाव समेत लडेका थिए । 

तर सर्वोच्चले सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको धेरै समयपछि मात्र उनलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। गएको कात्तिक १४ गते पक्राउ परेका उनी ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएकाको बाँकी कैद माफी हुने प्रवाधान टेकेर सरकारले मुक्त गर्न सिफारिस गरेपछि जेलमुक्त हुन लागेका हुन् । ढुंगेल आजै जेलमुक्त हुने छन् । 

सर्वोच्चले सोमवार ढुंगेलक ओसजय माफ गर्ने सक्कल फाइल झिकाउने आदेश दिएकै दिन राष्ट्रपतिबाट उनको बाँकी कैद मिनाहा गर्ने निर्णय भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै