• २०८१ बैशाख १६ आइतबार

ताइवानको राष्ट्रपतिमा विलियम विजयी

kharibot

काठमाडौँ । ताइवानमा सत्तारुढ दलका नेता तथा वर्तमान उपराष्ट्रपति विलियम लाइ चिङ–टे राष्ट्रपति चुनावमा विजयी भएका छन् । 

चीनले मतदाताहरूलाई सैन्य द्वन्द्वबाट बच्न चाहनेले सही छनौट गर्न चेतावनी दिएपनि ताइवानका जनताले चीनका कट्टर विरोधी मानिने नेता विलियमलाई जिताएका हुन् ।

विलियमको पार्टीले निर्वाचनमा सबैभन्दा बढी ४० प्रतिशत मत पाएको ताइवानको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

त्यस्तै ताइवानको विपक्षी दल कुओमिन्ताङ पार्टीले ३३.४९ प्रतिशत मत प्राप्त गरेको छ भने ताइवान पिपुल्स पार्टीले  २६.४५ प्रतिशत मत प्राप्त गरेको छ ।

चुनाव जितेपछि विलियमले ताइवानले विश्वको नक्सामा आफु रहेको प्रमाणित गरेको प्रतिक्रिया दिएका छन् । साथै उनले ताइवानी जनता प्रजातन्त्रप्रति कटिबद्ध रहेको फेरी एक पटक प्रमाणित भएको बताएका छन् ।

चीनले भने निर्वाचन पछि प्रतिक्रिया दिदै ताइवान चीनकै भाग भएको दोहोराएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै