• २०८१ बैशाख २३ आइतबार

यात्रु बस राप्ती नदीमा खस्यो, उद्धार कार्य जारी

kharibot

बुटवल । नेपालगन्जदेखि काठमाडौं आउँदै गरेको यात्रु बस दाङको भालुवाङमा दुर्घटनामा परेको छ । 

यात्रुबाहक भे.१ख ३९१२ नम्बरको बस भालुवाङस्थित राप्ती नदीमा खसेर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार बस दाङको भालुवाङस्थित राप्ती पुलबाट नदीमा बस खसेको छ । 

अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार गरिरहेका छन् । प्रहरीका अनुसार बसमा करिब ३० जना रहेको अनुमान गरिएको छ भने घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै