• २०८१ बैशाख १५ शनिबार

मनोज बाजपेयी अभिनित फिल्म ‘जोरम’को स्क्रिप्ट ओस्कारको पुस्तकालयमा

kharibot

मुम्बई । मनोज बाजपेयीको मुख्य भूमिका रहेको चलचित्र ‘जोरम’को स्क्रिप्ट ओस्कार अवार्डको आयोजना गर्ने दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले आफ्नो पुस्तकालयमा राख्ने भएको छ ।

चलचित्रको स्क्रिप्ट पर्मानेन्ट कोर कलेक्सनमा राखिएको हो जहाँ ११ हजार बढी स्क्रिप्ट संग्रहित छन् । एकेडेमीले सन् १९१० यता यस्ता विशेष फिल्मका स्क्रिप्ट राख्दै आएको  हो ।

देवाशिस माखिजाको लेखन रहेको चलचित्रले आदिवासी पिता पुत्रीको कथा प्रस्तुत गर्छ जसलाई राज्य प्रणालीले लखेटिरहेको छ । 

चलचित्रमा तनिष्ठा चटर्जी, स्मिता ताम्बे र मोहम्मद जिसान अयुबको मुख्य भूमिका रहेको छ । भारतमा प्रदर्शन हुनुअघि ‘जोरम’ बुसान फिल्म फेस्टिभल, रोट्रेडयाम फिल्म फेस्टिभल, सिड्नी फिल्म फेस्टिभल आदिमा छनोट भएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै