• २०८१ बैशाख १५ शनिबार

औसत फिल्म बनाउदा नक्कली रिभ्यु र रेटिङ गरे- करण जोहर

kharibot

काठमाडौँ । बलिउडका चर्चित फिल्ममेकर करण जोहरले हालै फिल्म रिभ्यु र रेटिङलाई लिएर ठूलो खुलासा गरेका छन् । करणले आफूले फ्लप फिल्म बनाउँदा नेगेटिभ रेटिङबाट बच्न नक्कली रिभ्यु र रेटिङ गराएको खुलासा गरेका छन् ।

करण जोहरके एक राउन्ड टेबल कुराकानीका क्रममा आफूले धेरै पटक नराम्रो फिल्म बनाएको तर फ्लप हुने डरले नक्कली पीआर टिममार्फत फिल्मको झूटो तारिफ गराएको खुलासा गरेका हुन् । 

उनले भने, 'धेरै पटक हाम्रो पीआर टोलीले फिल्मको प्रशंसा गर्न नक्कली मान्छे पठाउँछ । धेरै पटक हामी राम्रो भिडियो देखाउन चाहन्छौं, त्यसैले हामी तिनीहरूलाई गएर बताउन अनुरोध गर्छौं । धेरै पटक हामीले आलोचना, आलोचना, आलोचना गर्छौं । हामीले फिल्मलाई मन पराउने र ५ स्टार रेटिंग दिने समीक्षकहरू खोज्यौं । त्यसपछि हामी ती व्यक्तिहरूको रेटिंगको ठूलो पोस्टर बनायौं । तिनीहरूमध्ये केही समिक्षकहरूको नाम पनि सुनेका छैनन् ।

करणले निर्माताको रुपमा कुनै फिल्म औसत हुन्छ भने त्यसलाई हिट बनाउन आफुले प्रयास गर्ने गरेको बताए । उनले भने- 'फिल्म रिलिजदेखि नै निर्माताको काम सुरु हुन्छ । फिल्म राम्रै चल्यो भने हामी बसेर भन्छौं कि अन्तर्वार्ता दिनै पर्दैन, तर फिल्म राम्रो भएन भने लड्नुपर्छ । त्यसको वातावरण सृजना गर्नुपर्छ ।'

करणले कुराकानीमा भनेका छन्, ‘फिल्मको तारिफमा हामीले जति ४ लाइन लेख्छौँ, सबै समीक्षकले त्यही लाइन लेख्छन् । यसले समीक्षा नक्कली छ भनेर खुलासा पनि हुन्छ त्यसपछि हामी त्यहाँ पनि रचनात्मक हुनुपर्छ ।'

सन् २०१६ मा करण जोहरको फिल्म ए दिल है मुश्किल र अजय देवगनको फिल्म शिवाय २८ अक्टोबर २०१६ मा रिलिज भएको थियो । द्वन्द्वको बीचमा, करणको फिल्मले उत्कृष्ट समीक्षा पायो, जबकि शिवाय समाचारमा थिएनन् । यसैबीच अजय देवगनले सामाजिक सञ्जाल मार्फत करणले पैसा तिरेर आफ्नो फिल्मको नक्कली समीक्षा गर्ने गरेको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै