• २०८१ बैशाख १७ सोमबार

सत्ता गठबन्धन र एमालेका शिर्ष नेताहरुबीच बालुवाटारमा छलफल

kharibot

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका शिर्ष दलहरुबीचको छलफल शुरु भएको छ । बैठकका लागि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेपछि एमालेसँग छलफल गर्न लागेका हुन् ।

यसअघि बुधबार विहान कांग्रस र माओवादीबीच छलफल भएको थियो । दुई दलको सहमतिअनुसार सत्तारुढ चार दलको बैठक बसेको थियो ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई केहि सिट दिन सत्ता गठबन्धन सहमत भए अनुसार सो विषयमा एमालेसँग अहिले छलफल भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै