• २०८१ बैशाख १५ शनिबार

सर्वोच्चद्वारा जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय बदर

kharibot

काठमाडौं । सर्वोच्च अदालतले सरकारले गरेको फागुन १ मा जनयुद्ध दिवस मनाउन सार्बजनिक विदा दिने निर्णय बदर गरेको छ ।

शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

सरकारले जनयुद्ध दिवसमा सार्बजनिक विदा दिने निर्णय गरेपछि सर्वोच्च प्रशासनले शुरुमा यो मुद्धा दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि २०७९ चैत्र १६ गते न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले रिट निवेदन दर्ता नगर्ने भनी अदालत प्रशासनले गरेको आदेशलाई बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो । 

अधिवक्ता ज्ञानेन्द्र आरण लगायतले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णयले हिंसालाई प्रोत्साहन गरेको भन्दै त्यसलाई बदर गर्न माग गरी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै