• २०८१ बैशाख १७ सोमबार

प्रमुख दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा

kharibot

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख दलका शीर्ष नेताहरुको छलफल भएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष दलका दोस्रो तहका नेताहरु सहभागी रहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शिर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विषयलाई टुंगोमा पुर्‍याउन छलफलमा जुटेका हुन् । यस अघि आइतबार पनि शिर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विधेयक बनाएर अगाडी बढ्ने विषयमा छलफल भएको थियो । सोहि छलफलको निरन्तरताको लागि आजको बैठक बसेको बताइएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनाउन थालिएको विधेयक संसदमा भए पनि प्रमुख दलहरूबीच सहमति हुन नसक्दा विधेयक अगाडी बढेको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै