• २०८१ बैशाख १६ आइतबार

परराष्ट्रमन्त्री साउद र नोबेल पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

kharibot

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र नोबेल शान्ति पुरष्कार विजेता कैलाश सत्यार्थीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा आज उनीहरुबीच भेटवार्ता भएको हो ।   

भेटका अवसरमा परराष्ट्रमन्त्री साउदले बालअधिकारको क्षेत्रलगायत अन्य सामाजिक क्षेत्र र परोपकारी काममा नेपाल र भारतमा सत्यार्थीले पुर्याएको योगदानको चर्चा गरेको थियो । 

सत्यार्थीलाई सन् २०१४ मा बालअधिकारको क्षेत्रमा काम गरेवापत नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँगै मन्त्रालय पुगेका सत्यार्थी र मन्त्री साउदबीच आगामी मार्चमा लुम्बिनीमा हुने ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलनको तयारी बारे पनि छलफल भएको थियो ।  

लुम्बिनी सरकारले गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा बालबालिकाको हित, दिगो विकास र शान्तिका लागि ‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजना गर्दैछ । 

लुम्बिनी सरकारले चालु आवको नीति तथा कार्यक्रम र बजेटमै समेटेको शिखर सम्मेलन आगामी मार्च ११ र १२ मा आयोजना गर्न लागेको हो ।  उक्त शिखर सम्मेलनमा विश्वभरबाट विकासको क्षेत्रमा काम गरिरहेका विज्ञ, अभियन्ता, संयुक्त राष्ट्रसङ्घीय निकायका उच्च अधिकारी, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधिलाई आमन्त्रण गरिने लुम्बिनी प्रदेश सरकारले जनाएको छ । 

‘लरेट्स एन्ड लिडर्स’ नामकमा शिखर सम्मेलन आयोजनाले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनीको प्रचारप्रसारमा थप टेवा पुग्ने आयोजकले अपेक्षा गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै