• २०८१ बैशाख २२ शनिबार

कस्तो छ प्रभासको सलार ?

kharibot

काठमाडौँ । बलिवुडको यस बर्षको बहुप्रतिक्षित फिल्म मध्ये एक प्रभासको सलार रिलिज भएको छ । २ घण्टा ५२ मिनेट लामो फिल्मलाई बलिवुडका फिल्म विश्लेषकले औसत रिभ्यु गरेका छन् । फिल्ममा प्रभासको एक्सनको प्रसंशा भएपनि फिल्मको कथा र निर्देशन फितलो भएको शुरुवाती प्रतिक्रिया आएको छ ।

प्रशान्त नीलले निर्देशन गरेको सलारको कथा बुझ्न कठिन रहेको छ । केजीएफ जस्तै सालारको कथा पनि काल्पनिक संसारबाट सुरु हुन्छ । कथा दोस्रो हाफमा 'खानसार' को संसारमा सर्छ । खानसार एउटा छुट्टै संसारमा बस्ने ठाउँ हो। आफूलाई देशको हिस्सा ठान्दैनन् । उनीहरुको आफ्नै सेना छ । उनको अगाडि बेलायतीहरूले पनि घुँडा टेकेका छन् । स्वतन्त्रतापछि त्यहाँ राजाको शासन छ ।

थ्रोन अफ खानसारसँग देवाको पनि कनेक्सन भए पनि अब त्यो कनेक्सन के हो जान्नको लागि फिल्म हेर्नुपर्नेछ ।

बाहुबलीका दुई भागपछि प्रभासका फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । केहि विश्लेषकले यस फिल्मलाई पनि त्यस्तै टिप्पणी गरेका छन् । तर यसलाई बाहुबली पछिका प्रभासका साहो, राधेश्याम र आदिपुरुष भन्दा धेरै राम्रो भनिएको छ । 

यो प्यान इन्डियामा रिलिज भएको फिल्म हो । फिल्म पाँच भाषामा रिलिज भएको छ । निर्देशक प्रशान्त नीलले केजीएफको जादू पुन: निर्माण गर्न सक्नेछन् भन्नेमा दर्शक आशावादी थिए । तर, यहाँ उनी पूर्ण रुपमा असफल भएको देखिन्छ । केजीएफमा आमा छोराको सम्बन्धलाई सुन्दर ढंगले देखाइएको थियो । त्यो भावनात्मक स्पर्श सलारमा गायब छ । 

प्रशान्त नीलले प्रभास लगायत कुनै पनि कलाकारमा उत्कृष्ट प्रदर्शन गर्न सकेका छैनन् । पहिलो हाफमा उनले कथालाई पूर्ण रूपमा भ्रमित राखेका छन् । उनले निश्चित रूपमा दोस्रो हाफमा फिल्मलाई ट्र्याकमा ल्याउने प्रयास गरेका छन् ।

फिल्मका केहि एक्सन दृश्यले थ्रिल सिर्जना गर्छ । फिल्म मार्फत फरक दुनियाँमा लैजाने प्रयास गरिएको छ । हेर्ने हो भने निर्देशक यसमा केहि हदसम्म सफल पनि देखिन्छन् । लामो समयपछि यो फिल्ममा प्रभासको पुरानो एक्सन अवतार देखिँदैछ । दोस्रो हाफको अन्तिम घण्टा निकै रोचक रहेको छ ।

पहिलो हाफमा फिल्म कता जाँदैछ बुझ्न गाह्रो छ। कथा निर्माणमा धेरै समय खर्चिएको छ ।  सालार साउथको चर्चित प्रोडक्सन हाउस होम्बल फिल्म्सको ब्यानरमा बनेको हो ।

प्रभासका फ्यानहरूले यो फिल्म एकपटक हेर्न सक्छन् तर फिल्मले बाहुबली फेमको फिल्मबाट आशा गरे अनुसारको भने पाउन सक्ने देखिदैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै