• २०८१ बैशाख २५ मंगलबार

सङ्घीय संसद्का महासचिवमा पाण्डेयको नाम सिफारिस

kharibot

काठमाडौँ । डा. भरतराज गौतमले राजीनामा दिएपछि सङ्घीय संसद् सचिवालयका महासचिवमा पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ । 

रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको हो । 

गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएपछि महासचिव पद खालि भएको थियो । सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा. गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिएका हुन् । 

महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गरेका थिए भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त भएका थिए ।

    
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै