• २०८१ बैशाख २६ बुधबार

सुन तस्करी प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ

kharibot

काठमाडौं । नागढुंगाबाट दुई केजी सुन बरामद प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा २७ वर्षीय चेन झिवेई रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

मंसिर २१ गते रसुवाबाट काठमाडौं आउँदै गरेको निजी गाडीबाट दुई किलो सुनसहित तीन जना पक्राउ परेपछि चिनियाँ नागरिक चेन भने फरार थिए ।

यसअघि पक्राउ परेका तीनै जना रसुवाका स्थानीय हुन् । चिनिया नागरिक चेनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै