• २०८१ बैशाख १७ सोमबार

गोरखामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

kharibot

गोरखा । गोरखामा ट्रयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

जिल्लाको सहिद लखन गाउँपालिका–३ स्थित सिलिङदोभान सडकखण्डमा भएको  दुर्घटनामा सोही पालिकाका २९ वर्षीय पदमबहादुर थापामगरको मृत्यु भएको   जिल्ला ट्राफिक प्रहरी कार्यालयले  जनाएको छ । 

दुर्घटनामा सोही पालिका–३ का २६ वर्षीय रामबहादुर आलेमगर, तनहुँको आबुखैरेनी गाउँपालिका–३ का २२ वर्षीय प्रदीप अर्याल र गोरखा नगरपालिका–१३ घर भएका ट्रयाक्टर चालक ३५ वर्षीय विश्वास गुरुङ घाइते भएका तथा उनीहरूको चितवनमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै