• २०८१ बैशाख २२ शनिबार

कस्तो छ प्रभासको 'सलार' को ट्रेलर ?

kharibot

काठमाडौँ । ‘केजीएफ’ फेम्ड निर्देशक प्रशान्त निल निर्देशित फिल्म ‘सलार’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । पाँच भाषामा एकसाथ युट्युबमा सार्वजनिक गरिएको ट्रेलरमा प्रभासलाई एक्शन अवतारमा देखिएका छन् । 

ट्रेलरमा प्रभासभन्दा अभिनेता पृथ्वीराज सुकुमारनलाई हाबी बनाइएको छ । फिल्ममा प्रभासको अपोजिटमा रहेकी अभिनेत्री श्रुति हसनलाई भने एक झलक मात्र देखाइएको छ ।

निर्देशक निलका अनुसार, फिल्म दुईजना साथीको कहानीमा आधारित छ, जो सबैभन्दा ठूलो दुश्मन बन्न पुग्छन् । ट्रेलरले फिल्मप्रति दर्शकको उत्साह बढाउने अनुमान गर्न सकिन्छ ।

‘सलार’लाई पहिलो पार्ट भनिएको छ । अर्थात् यस फिल्मको दोस्रो सिरिज पनि निर्माण हुने निश्चित रहेको छ । निर्देशक निलकै कथा तथा पटकथा रहेको फिल्ममा जगपति बाबू, टीनू आनन्द, एअस्वरि राव, श्रिया रेड्डी, रामाचन्द्र राजुलगायतको पनि अभिनय रहेको छ । यही डिसेम्बर २२ मा विश्वभर एकसाथ रिलिज हुन लागेको फिल्मको भिडन्त बलिउडका किङ शाहरुख खान अभिनीत फिल्म ‘डंकी’सँग हुँदैछ ।


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै