• २०८१ बैशाख १५ शनिबार

बालकृष्ण खाँणको विषयमा न्यायाधीशहरूबीच राय बाझियो

kharibot

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई रिहा गर्ने या नगर्ने भन्ने विषयमा न्यायाधीशहरूबीच राय बाझिएको छ । 

शुक्रबार उच्‍च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच खाँणलाई छोड्ने या नछोड्ने भन्ने विषयमा राय बाझिएको हो । अब उनलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्ने अर्को इजलासले निर्णय गरिने भएको छ ।

पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँण तथा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा चलेको थियो ।

उक्त मुद्दामा गत असार १ गते काठमाडौं जिल्ला अदालतले दुई जनाबाहेक सबै अभियुक्तलाई पुर्पक्षका लागि धुनामा पठाउने आदेश गरेको थियो । थुनामा परेकाहरूले थुनछेक आदेशविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै