• २०८१ बैशाख २५ मंगलबार

श्रीलंकाका खेलकुदमन्त्री बर्खास्त

kharibot

कोलम्बो । श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले खेलकुद मन्त्री रोशन रानासिंघेलाई बर्खास्त गरेका छन् ।

२०२३ को विश्वकपमा खराब प्रदर्शनपछि रणसिंघेले ६ नोभेम्बरमा सम्पूर्ण श्रीलंका क्रिकेट (एसएलसी) बोर्डलाई निलम्बन गर्दै विश्वविजेता कप्तान अर्जुन रणतुङ्गाको नेतृत्वमा अन्तरिम समिति गठन गरेका थिए ।

त्यसको एक दिनपछि पुनरावेदन अदालतले एसएलसी पुनःस्थापना गरेको थियो । रोशन रणसिङ्घेको बहिर्गमनपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) लाई एसएलसी निलम्बन फुकुवा गर्न सजिलो बनाउने विश्लेषण गरिएको छ ।

रोशनको स्थानमा पर्यटन तथा भूमिमन्त्री हरिन फर्नान्डोलाई खेलकुद तथा युवा मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसअघि सोमबार पनि रोशनले संसदमा राष्ट्रपतिमाथि आरोप लगाएका थिए । उनले देशको क्रिकेट प्रशासनमा भएको भ्रष्टाचार पर्दाफासका कारण आफ्नो ज्यान खतरामा परेको दाबी गरेका थिए ।

यसअघि विश्वकपमा भारतसँग पराजित भएपछि खेलकुदमन्त्री रोशन रणसिङ्घेले नोभेम्बर ३ मा एक विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेट बोर्डलाई देशद्रोही र भ्रष्ट भनेका थिए । उनले बोर्ड सदस्यहरुको राजीनामा माग गरेका थिए । यसपछि श्रीलंका क्रिकेट सचिव मोहन डी सिल्भाले नोभेम्बर ४ मा आफ्नो पदबाट राजीनामा दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै