• २०८१ बैशाख ३१ सोमबार

पूर्वराजा ज्ञानेन्द्र आज बिर्तामोड जाँदै, पृथ्वीनारायणको सालिक अनावरण गर्ने

kharibot

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो झापा जाने भएका छन् । बिर्तामोडमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्न पूर्व राजा शाह झापा जान लागेका हुन् ।

पूर्व राजाको भ्रमण व्यवस्थापन गर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एकसाता देखि झापामै  छन् । अध्यक्ष लिङदेनले पूर्व राजाको कार्यक्रम व्यवस्थापन र तयारी गरिरहेका छन् ।

पूर्व राजालाई धुलाबारी पूर्वको मेची रिसोर्टमा बस्ने व्यवस्था गरिएको छ । त्यस्तै शनिबार धुलाबारीस्थित निन्दा खोलाको पुलबाट उनको स्वागतमा मोटर साईकल र्याली गरिने भएको छ । पूर्व राजालाई ८ हजार मोटरसाइकले स्कर्टीङ गरेर धुलाबारीबाट बिर्तामोड पुर्याउने कार्यक्रम रहेको राप्रपा झापाले जनाएको छ । पूर्व राजाले बिर्तामोडमा ४५ मिनेट पैदल हिँडेर सर्वसाधारणसँग भेट गर्ने कार्यक्रम समेत रहेको छ ।  

मंसिर ६ गते नै झापा जाने कार्यक्रम भएपनि दुर्गा प्रसाईंले आफ्नो प्रदर्शनको कार्यक्रम नसकी हिँडिदिँदा अर्कै सन्देश जाने भनेर चिन्ता जनाएपछि पूर्व राजाको झापा यात्रा सारिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै